नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न | Samacharpati        
Home | About Us | Contact | Unicode |

नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न

पोखरा, १६ जेठ । पोखराको नागढुङ्गास्थित नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न भएको छ । कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थी विच भएको कविता वाचनमा कृष्टि पौडेल प्रथम, श्रृष्टी पौडेल द्धितिय र श्रीदेश थापा तृतीय भए ।

त्यस्तै कक्षा ६ देखि १० सम्मका विद्यार्थी विच भएको हाँजिर जवाफ प्रतियोगितामा आधारभूततर्फ सिवानी थापा प्रथम, राशनी शाह द्धितिय तथा विपिन काफ्ले तृतीय भए । माध्यमिकतर्फ प्रजिता भुजेल प्रथम, आयुष्काले द्धितिय स्थान तथा सिम्रन क्षेत्रीले तृतीय स्थान हाँसिल गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको कविता प्रतियोतिगामा विद्यालयक शिक्षिकाहरु इन्दु शंकर, प्रतिमा कुँवर र बुद्धिसरा दर्लामी निर्णायकमा रहेका थिए । शिक्षिका श्रृजना आचार्यले कार्यक्रम सञ्चालन गरेकि थिइन् । त्यस्तै विद्यालयका सह–प्राचार्य युवराज पौडेलको अध्यक्षतामा भएको हाँजिर जवाफ प्रतियोगितामा विद्यालयका शिक्षकहरु सागर पुरी र मातृका सुवेदी निर्णायकमा रहेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित