बी.बी. थापाको रिमेक गीत ‘किन आउँछ याद तिम्रो’ सार्बजनिक | Samacharpati        
Home | About Us | Contact | Unicode |

बी.बी. थापाको रिमेक गीत ‘किन आउँछ याद तिम्रो’ सार्बजनिक

काठमाण्डौ, २७ असार। बरिष्ठगीतकार बी.बी.थापाले पुनःरेकर्ड गराएको (रिमेक) गीत ”किन आउँछ याद तिम्रो” बोलको गीत सार्बजनिक भएकोछ। प्रसिद्ध संगीतकार स्वर्गीय नाती काजी को संगीतमा रहेको यस गीत किन आउँछ याद तिम्रो गीतकार बी.बी. थापाको आफ्नो युट्यूवच्यानल बी.बी थापा इन्टरटेनमेन्टबाट सार्बजनिक गरिएको हो।

यसअघि पहिलेनै प्रदिपराज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ। यहि गीत ‘किन आउँछ याद तिम्रो‘ मा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री अनामिका चौलागाई फिचरिङ भएका छन्। गीतको छायांकन तथा सम्पादन विरेन्द्रभाट ‘विपिन’ले गरेका  हुन् भने  यसको निर्देशन युवाकवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन्।

https://www.youtube.com/watch?v=ovs57RKcICg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित