Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान सम्बन्धी बिधेयकको दफावार छलफल सुरु

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठान सम्बन्धी बिधेयकको दफावार छलफल सुरु

पोखरा, २३ जेठ । गण्डकी प्रदेशसभामा शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिधायन समितिको प्रतिवेदन सहित गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठानको स्थापना र संचालन गर्न बनेको बिधेयक माथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नुभयो । त्यसपछि प्रदेशसभामा उक्त बिधेयकको दफावार छलफल सुरु भएको छ ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रतिष्ठानको स्थापना र संचालन सम्बन्धी बिधेयकको दफावार छलफलमा भाग लिदै प्रदेशसभा सदस्यहरुले कोरोना नियन्त्रण गरेर जनताको जिवन रक्षा गर्नेबेला बिधेयक ल्याउने समय नभएको, मुख्यमन्त्री जस्तो गरिमामय पदलाई प्रतिष्ठानको संरक्षकमा राख्न नहुने, उद्योग वाणीज्य संघका प्रतिधिनी मनोनित गर्ने विषयको औचित्य र छात्रवृत्तिको विषयमा बिधेयकमा स्पष्ट नभएको लगायतका सुझाव राखेका छन् ।

छलफलमा भागलिदै प्रदेशसभा सदस्य मिना गुरुङले बिधेयकको सबै दफामा आफ्नो समर्थन रहेको अहिलेको समयमा प्राविधिक शिक्षाको खेती गर्नुपर्ने बेला आएको भन्दै बिधेयकमा छात्रवृत्तिको विषय उल्लेख भएपनि यसको मापदण्डको विषय मौन रहेको बताउनुभयो ।

त्यस्तै छलफलमा भाग लिदै प्रदेशसभा सदस्य ओमकला गौतमले मुख्यमन्त्रीलाई संरक्षक राख्ने र उद्योग वाणिज्य संघका प्रतिनिधि राख्ने विषयमा उहाँले बिरोध गर्नुभयो । त्यस्तै उहाँले प्रतिष्ठानको संरक्षकले प्रतिष्ठानलाई सहयोग गरेका व्यक्तिलाई मनोनित गर्ने विषयमा आधार के हो भनेर प्रश्न गर्नुभयो ।

प्रदेशसभा सदस्य मिन प्रसाद गुरुङले प्राविधिक शिक्षाको अभावमा बेरोजगारी बढेको बताउदै, विश्व बजारमा पनि नेपालको जनशक्तिले प्रतिष्पर्धा गर्न नसकेको परिप्रेक्षमा यो प्रतिष्ठान स्थापनाले चिर्नसक्ने बताउनुभयो । समयसापेक्ष यो विधेयक आएको उहाँको भनाई छ ।

त्यस्तै प्रदेशसभा सदस्य मनकुमारी गुरुङले प्रतिष्ठानमा मनोनित गर्ने विषयमा समावेशी नभएको बताउनुभयो । बिसम परिस्थितिमा यो बिधेयक सदनमा ल्याउन आवश्यक नभएको उहाँको भनाई छ ।

त्यस्तै प्रदेश सभा सदस्य कुमार खड्काले कूनै पनि व्यक्तिसंग भएको प्राबिधिक ज्ञानलाई औपचारिक शिक्षामा जोड्न जरुरी रहेको बताउनुभयो । उहाँले अहिलेको समयमा प्राविधिक शिक्षाको विकल्प नभएको बताउनुभयो । बिधेयकमा धेरै कुरा सच्याइनुपर्ने भएपनि बिधेयक आउनु स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो ।

सो बिधेयक २०७६ माघ १२ गते बसको गण्डकी प्रदेश सभाको बैठकले विधायन समितिमा दफावार छलफलमा पठाएको थियो । बिधायन समितिमा छलफल भई संसोधन सहित सर्वसम्मत पारित भएको प्रतिवेदन सहितको बिधेयक गण्डकी प्रदेशसभामा बिधायन समितिका सभापति मोहन प्रसाद रेग्मीले प्रस्ततु गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका