Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • २ सय ७८ जना कोरोना संक्रमित थपिए सगैँ नेपालमा संक्रमितकाे सङख्या २९ सय नाघ्याे

२ सय ७८ जना कोरोना संक्रमित थपिए सगैँ नेपालमा संक्रमितकाे सङख्या २९ सय नाघ्याे

२ सय ७८ जना कोरोना संक्रमित थपिए सगैँ नेपालमा संक्रमितकाे सङख्या २९ सय नाघ्याे

काठमाडौं, २३ जेठ। कपिलवस्तुमा आज मात्रै ४४ संक्रमित थपिएका छन् । ८ महिने शिशु सहित ४४ जना नयाँ संक्रमित थपिएको  स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ९ का वर्ष १८ र २० का २ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यशोधरा गाउँपालिका वडा नम्बर ७ का एक ८ महिने शिशु मा पनि कोरोना देखिएको हो ।

त्यसैगरी वडा नम्बर १० का १६ वर्षदेखि ४८ वर्ष समूहका १३ पुरुषमा कोरोना देखिएको हो । यशोधरा गाउँपालिकाकै १६ वर्षदेखि ५२ वर्ष उमेर समूहका २८ पुरूषमा पनि संक्रमण पुष्टि भएको हो । आज मात्रै ४४ संक्रमित थपिए पछि कपिलवस्तुमा संक्रमितको कुल संख्या ४७५ पुगेको छ ।

शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका