Samacharpati
मङ्लबार, असार २३, २०७७
  • होमपेज
  • पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखकाे कोरोनाबाट मृत्यु

पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखकाे कोरोनाबाट मृत्यु

पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखकाे कोरोनाबाट मृत्यु

पाकिस्तानी, २२ जेठ । कोरोना भाइरसका कारण पाकिस्तानी पूर्व क्रिकेटर रईज शेखको निधन भएको छ । शेखको ५१ बर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको समाचारमा जनाइएको छ । समाचारमा जनाइए अनुसार उनका सुगर समेत रहेको बताइएको छ । उनको मृत्युपछि उनको परिवारले भने कोरोना परिक्षण गर्न नमानेको बताइएको छ ।

शेख पाकिस्तानका पहिलो श्रेणीका खेलाडी रहेका छन् । पाकिस्तानमा कोरोनाका कारण मृत्यु हुने उनी तेस्रो खेलाडी हुन् । बलर शेखले ‌१९८७ देखि २००५ सम्म आफ्नो सक्रिय खेल करियरमा ४३ वटा पहिलो श्रेणीका म्याच खेलेका थिए ।

जसमा उनले १ सय १६ विकेट लिएका थिए । यसअघि पनि कोरोना संक्रमणका कारण दुई जना चर्चित पाकिस्तानी खेलाडीले ज्यान गुमाएका थिए । पहिलो श्रेणीका खेलाडी जफर सरफराज र स्क्वासका लेजेन्ड खेलाडी आजम खानको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका