Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • भोलिबाट बजार खोल्ने राष्ट्रिय व्यवसायी महासंघकाे घोषणा

भोलिबाट बजार खोल्ने राष्ट्रिय व्यवसायी महासंघकाे घोषणा

भोलिबाट बजार खोल्ने राष्ट्रिय व्यवसायी महासंघकाे घोषणा

काठमाडौं, २१ जेठ नेपाल राष्ट्रिय व्यवसायी महासंघले भोलिबाट बजार खोल्ने घोषणा गरेको छ । लकडाउन घोषणा भएको ७२ औं दिनका दिन ब्यबसायीहरुले अब अत्ति भएको र गरिखानका लागी पनि बजार खोल्नपर्ने भन्दै बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

आज बसेको महासंघको निर्णयले भोलि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गर्दै एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्ने उल्लेख छ ।

महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्नेछ । बैंकले साँवा ब्याजको ताकेता गर्दा, घरबेटीले घरभाडा माग्दा टुलुटुलु हेरेर बसेको सरकारको निर्णय मान्दा अब चल्नै नसकिने अवस्था आउने भन्दै अब व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको व्यवसायीहरुले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका