Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • कर तिर्न गरिएको उर्दिको बिरोधमा राष्ट्रिय उद्योग ब्यापार महासंघ

कर तिर्न गरिएको उर्दिको बिरोधमा राष्ट्रिय उद्योग ब्यापार महासंघ

कर तिर्न गरिएको उर्दिको बिरोधमा राष्ट्रिय उद्योग ब्यापार महासंघ

पोखरा, २१ जेठ । सरकारले लकडाउनको अबधीमा ब्यवसायिहरुलाई अनिवार्य कर तिर्ने उर्दि जारी गरेपछि ब्यवसायिहरु आक्रोशित भएका छन । सर्बसाधारणहरुले पनि यो बेला सरकार कर असुल्न तर्फ लाग्न नुहुने भन्दै ब्यवसायिकै पक्षमा सामाजिक सञ्जालमा प्रतिकृया दिईरहेका छन ।

यसैगरि राष्ट्रीय उद्योग ब्यापार महासंघ, गण्डकी प्रदेशले पनि सरकारको र्निणयको कडा बिरोध गरेको छ । बिश्वनै कोरोना कहरको कारण लकडाउनमा रहेको अबस्थामा ब्यवसायिहरुले कर तिर्ने नसक्ने भन्दै महासंघले बिरोध गरेको हो ।

महासंघका गण्डकी प्रदेशका अध्यक्ष प्रबेशचन्द्र उप्रतिले एक बिज्ञप्ती प्रकाशित गरि राज्य संयन्त्र यति धेरै निरिह नबन र ब्यबशायि माथि र्निमम नहुन आग्रह गरेका छन ।

कोरोनाका कारण संकटमा परेको बिस्व अर्थतन्त्र संगै स्वदेशी लगानीकर्तालाई कसरी संरक्षण गर्ने भन्ने बारे हामसम्म सरकारको कुनै निति नआउनु बरु एकाएक कर असुलि तर्फ लाग्नुले राज्य कमजोर छ भन्ने पुष्टी गर्ने पनि बिज्ञप्तीमा उल्लेख छ । गएको चैत्र महिनाबाट ब्यवसाय ठप्प छ ।

दालभातको जोहो गर्ने बाहेक अरु काम कहिँ कतै भएको छैन । अहिलेसम्म्को घरभाडा बैकको ब्याज त छँदैछ त्यसमाथि पनि राज्यले तानाशाही शैलिमा ब्यवसायी माथि फेरि ज्यादति गरेको छ । तर ब्यबसायि करको बिरोधी हुनसक्दैन र कर छुट हुनु पर्छ भन्ने हाम्रो माग होईन – बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका