Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • कपिलवस्तुमा कोरोना संक्रमित थपिने क्रम तीब्र,आज थप ३० संक्रमित थपिए

कपिलवस्तुमा कोरोना संक्रमित थपिने क्रम तीब्र,आज थप ३० संक्रमित थपिए

कपिलवस्तुमा कोरोना संक्रमित थपिने क्रम तीब्र,आज थप ३० संक्रमित थपिए

कपिलवस्तु, २१ जेठ । कोरोना कहरको केन्द्र बनिरहेको कपिलवस्तुमा कोरोना संक्रमित थपिने क्रम तीब्र बनेको छ। आज पुनः कपिलवस्तुमा थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरुमा शुद्धाधन गाउँपालिकाका मात्र २८ पुरुष रहेका छन् भने बाणगंगाका २ पुरुष छन् ।

गए राति अबेर पुष्टि भएकाहरुमध्ये शुद्धोधन गाउँपालिकाका १४ वर्षदेखि ४७ बर्ष सम्मका २८ पुरुष छन् भने आज बाणगंगा नगरपालिका ७ का ३४ बर्षीय र वडा नं ९ का ३९ का २ जना पुरूष छन् । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३९५ पुगेको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक रुपमा पुष्टि हुनचाहिँ बाँकी छ ।

यसैगरी थप ८ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका