Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • रौतहटमा एकैदिन ७४ जनामा देखियाे काेराेना

रौतहटमा एकैदिन ७४ जनामा देखियाे काेराेना

रौतहटमा एकैदिन ७४ जनामा देखियाे काेराेना

रौतहट, २० जेठ । रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै भारतबाट आएको बताइएको छ ।

योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३१० पुगेको छ । संक्रमितमध्ये राजपुर नगरपालिकाका २१ जना, दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना तथा यमुनामाइ गाउँपालिकाका ३ जना रहेको बताइएको छ ।

उनीहरुलाईधरहरीमा अवस्थित पोलिटेक्निकल इन्टिच्युट र गौरको गौरीशंकर क्याम्पसलाई आइसोलेसन बनाइ त्यही राख्ने तयारी भइरहको बताइएको छ ।

क्रमित पुष्टि भएका सबैको स्वास्थ्य अबस्था सामान्य रहेको बताइएको छ । धेरैजनाको स्वाब परीक्षणको रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका