Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • सामान्य अवस्था जसरी निती तथा कार्यक्रमको विश्लेष्ण नगरौँ : धनन्जय दवाडी

सामान्य अवस्था जसरी निती तथा कार्यक्रमको विश्लेष्ण नगरौँ : धनन्जय दवाडी

परिस्थिति असामान्य छ:धनन्जय दवाडी

सामान्य अवस्था जसरी निती तथा कार्यक्रमको विश्लेष्ण नगरौँ : धनन्जय दवाडी

पाेखरा, २० जेठ । गण्डकी प्रदेश सभामा आइतबार पेस भएको सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारीे छ । मंगलबारको छलफलमा भाग लिदै प्रदेशसभा सदस्य धनन्जय दवाडीले असामान्य परिस्थितिमा आएको निती तथा कार्यक्रमलाई सामान्य परिस्थिति जस्तो ठानेर विश्लेषण गर्न नहुने बताउनुभयो ।

उहाँले निती तथा कार्यक्रमले निरोगी प्रदेशको बहुपक्षिय पहल गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – निरोगी प्रदेश निर्माण गर्नका लागि यो प्रदेशका जनताको स्वास्थ्यको ख्याल गर्नको लागि बहुपक्षीय पहल गर्दै सबैभन्दा पहिला उसले उपचार र उपचारका निमित्त पुर्वाधारको निर्माणको योजना अगाडी सारेको छ ।

प्रकोपजन्य उपचारका लागि पुर्वाधार विकासका लागि लागनी गर्ने प्रतिवद्धता जारी गरेको दवाडीको भनाई छ । संक्रामक रोगको उपचार गर्ने सरुवा रोगको उपचार गर्ने अस्पताल निर्माण गर्ने कुरा गरेको छ ।

उपचारमा विविध पक्षलाई अगाडी ल्याएर जनताको स्वास्थ्य पहिलो कुरा हो भनेर जनस्वास्थ्यमा सबैभन्दा बेसी चासो राखेर यो निती तथा कार्यक्रम आएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका