Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • निती तथा कार्यक्रम धेरै अध्ययन गरेँ तर सच्याउनुपर्ने ठाउँ देखिन : दिपक कोइराला

निती तथा कार्यक्रम धेरै अध्ययन गरेँ तर सच्याउनुपर्ने ठाउँ देखिन : दिपक कोइराला

निती तथा कार्यक्रम धेरै अध्ययन गरेँ तर सच्याउनुपर्ने ठाउँ देखिन : दिपक कोइराला

पोखरा, २० जेठ । गण्डकी प्रदेश सभामा आइतबार पेस भएको सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारीे छ । प्रदेश प्रमुख अमिक शेरचनले आइतबार संसदमा आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

छलफलमा कांग्रेसहित विपक्षी दलका सांसदले नीति तथा कार्यक्रम यथार्थपरक नरहेको, जनतामा भ्रम छर्ने खालको भनिरहँदा सत्तापक्षीय सांसदले भने यसको बचाउमा उत्रिएका छन् ।

कोरोनाको प्रभाव देखिन थालेको ४ महिना बित्दासमेत एउटा पनि भेन्टिलेटर प्रदेश सरकारले थप्न नसकेको, कोरोना कोषमा रहेको रकम प्रयोग गर्न नसकेको कांग्रेस सांसले आरोप लगाएका छन् ।

मंगलबारको छलफलमा भाग लिदै प्रदेशसभा सदस्य दिपक कोइरालाले गण्डकी प्रदेश सरकारले ल्याएको निती तथा कार्यक्रमले नेपालको संविधानको प्रस्तावनालाई दिशा निर्दिश्ट गरेको बताउनुभयो । उहाँले निती तथा कार्यक्रमले समाजवाद उन्मुख समाजको निर्माण गर्ने कायदिशा बोकेर नै आएको उल्लेख गर्नुभयो ।

कोइरालाले निती तथा कार्यक्रममा केहि कमजोरी छ कि भनेर आफुले निकै अध्ययन गरेको तर कुनै पनि कमजोरी नभेट्टाएको भन्दै बिरोध गर्नुपर्ने कुनै कारण नरेको उल्लेख गर्नुभयो ।

आफु सत्ता पक्षको सांसद भएकाले मात्र नभई निती तथा कार्यक्रममा नै सकरात्मक विषयहरु रहेकाले समर्थन गरिएको बताउनुभयो । उहाँले सिमित श्रोत साधानका बाबजुद प्रदेश सरकारले कोरोना विरुद्ध लड्न गरेका काम प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका