Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • निती तथा कार्यक्रम समाजवाद उन्मुख छ : मन बहादुर गुरुङ

निती तथा कार्यक्रम समाजवाद उन्मुख छ : मन बहादुर गुरुङ

निती तथा कार्यक्रम समाजवाद उन्मुख छ : मन बहादुर गुरुङ

पाेखरा, २० जेठ । गण्डकी प्रदेश सभामा आइतबार पेस भएको सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारीे छ । मंगलबारको छलफलमा भाग लिदै मन बहादुर गुरुङले प्रदेशबासीको जिवन रक्षा गर्ने, सिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउने मुल लक्षका साथ निती तथा कार्यक्रममा ठोस रुपमा देखिएको भन्दै निती तथा कार्यक्रम समय सान्दर्भीक रहेको उल्लेख गर्नुभयो ।

गैरआवासिय नेपालीलाई प्रदेशमा लगानीमैत्री बनाउने वातावरण बनाएको, विदेशी तथा मित्र राष्ट्रहरुसंग मैत्रीपुर्ण सम्बन्ध कायम गर्ने वातावरण बनाएको, बिधिको शासनमा विश्वास गरेको, पारदर्शी, जवाफदेयी, परिणाममुखी, नागरिकमैत्री शासन व्यवस्था कायम गर्नेगरि निती तथा कार्यक्रम आएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश सरकारलेसमाजवाद उन्मुख निती तथा कार्यक्रम ल्याएको दावी गर्नुभयो । उहाँले भन्नुभयो – समृद्धि प्रदेश, सुखी नागरीकको संकल्प यो प्रदेशको नारा हो, स्वास्थ्य प्रणालीको सुधार, निशुल्क उपचार, सिमान्तकृत वर्गको संरक्षण, शिक्षा, कृषि, पर्यटन, उद्योग, सिपमुलक तालिमको व्यवस्था गरि रोजगारीका अवसरहरु सृजना गरि समाजवाद उन्मुख निती तथा कार्यक्रमले ल्याएको छ ।

पञ्चवर्षिय योजना तर्जुमा गरि दिगो विकासका १७ वटा लक्ष र ६९ वटा सहायक लक्षलाई आधार मानी सबल र समृद्धि प्रदेश बनाई बिं.स. २०९९ सालमा उच्च उच्च आय हासिल गर्न राष्ट्रिय लक्ष हासिल गर्न प्रदेश सरकार दृढ संकल्पित भएर यो निती तथा कार्यक्रम आएको बताउनुभयो । उहााले भन्नुभयो – यो सजिलो छैन, प्रतिवद्धताको साथ आएको छ, २०९९ सालमा उच्च आय बनाउने कुरो जोक होइन, यो महत्वकांक्षी होला हामीले सहयोग गर्यो भने हुन नसक्ने के छ र ?

साथै प्रदेशसभा सदस्य गुरुङले गण्डकी प्रदेशमा अव्यवस्थित बसोबासलाई व्यवस्थापन, पोखरा शहरभित्र छरपष्ट रहेका तारहरुलाई व्यवस्थापन, लक्षित वर्गलाई राहात दिने उद्देश्यले पानी, विद्युत लगायतमा निशुल्क वितरण गर्नुपर्ने, प्रदेश राजधारीभित्र फ्रि वाइफाई जोन बनाउने, स्वस्थ्य खानेपानीको वितरण, सेती नदिको किनारमा रहेको रामघाटलाई सुन्दर पार्क बनाउने, काँहुडाडामा निर्माण हुन लागेको बुद्धको मुर्ती बनाउने विषयलाई प्रदेशको गौरवको योजनामा समावेश गर्ने, पोखराको ७÷८ वटा आकाशे पुल निर्माण गर्ने लगायतका विषय सरकारको निती तथा कार्यक्रममा समावेश गर्न सुझाव दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका