Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • प्रदेश १ का १८ जना कोरोना संक्रमित निको भएर फर्के घर

प्रदेश १ का १८ जना कोरोना संक्रमित निको भएर फर्के घर

प्रदेश १ का १८ जना कोरोना संक्रमित निको भएर फर्के घर

मोरङ, २० जेठ । प्रदेश–१ का १८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । डिस्चार्ज हुनेमा धरानकी एक महिला हुन् भने १७ जना झापाका रहेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका हुन् ।

दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरेर घर पठाइएको हो । उनीहरुलाई हिजो सोमबार राति करिब साढे ९ बजे प्रतिष्ठानबाट विदाई गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका