Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • रुसमा कोरोनाबिरुद्धको औषधी पत्ता लगाएको दाबी, ४ दिनमै निको भए बिरामी

रुसमा कोरोनाबिरुद्धको औषधी पत्ता लगाएको दाबी, ४ दिनमै निको भए बिरामी

रुसमा कोरोनाबिरुद्धको औषधी पत्ता लगाएको दाबी, ४ दिनमै निको भए बिरामी

रुस, २० जेठ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरस बिरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको छ । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि कोरोना भाइरस बिरुद्धको औषधि दिइदैछ ।

रुसको स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमितहरुलाई आगामी जुन ११ बाट यो औषधि दिइने बताइएको छ । रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रेभले रूसका सबै अस्पतालमा रहेका कोरोना संक्रमितहरूलाइ यो औषाधि दिइने बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यो एन्टिभाइरसको रुपमा बिकास गरिएको औषधिको नाम एभिफ्याभिर राखिएको छ । कोरोना भाइरस बिरुद्धको औषधि अहिलेसम्म कुनैपनि मुलुकले निर्माण गर्न सकेका छैनन् । कतिपय मुलुकले औषधि बिकास गरेको दावी गरेपनि प्रयोगका लागि सरकारले अनुमति दिइएको छैन् ।

सम्भवत कोरोना भाइरस बिरुरद्धको औषधि प्रयोग गर्न अनुमति दिने मुलुक रुस नै पहिलो बनेको छ । रुसको यो औषधि निर्माता कम्पनीले कोरोना विरुद्धको बनाइएको यो औषधि एक महिनामा ६० हजार संक्रमितलाई पुग्ने गरी उत्पादन गर्ने दावी गरेको छ । अन्य मुलुकले अहिलेसम्म औषधि बनाएको दावी भने गर्ने गरेका छन् । तर प्रभावसाली भने भएको छैन् ।

जापानमा पनि यो औषधिलाई एभिगान नामबाट परीक्षण गर्ने तयारी भइरहेको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले यो औषधिको प्रशंसा गर्दै यसको विकासका लागि १२।८ करोड डलरको बजेट स्वीकृत गरेका गरेका समाचार एजेन्सीहरूले बताएका छन् । तर जापान सरकारले भने कोरोना बिरुद्धको औषधिका रुपमा स्वीकृति दिन बाँकी नै रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका