Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • धादिङकी एक महिलाले जन्माइन एक साथ तीन शिशु

धादिङकी एक महिलाले जन्माइन एक साथ तीन शिशु

धादिङकी एक महिलाले जन्माइन  एक साथ तीन शिशु

काठमाडौं, २० जेठ । धादिङकी एक महिलाले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक साथ तीन शिशुलाई जन्म दिएकी छन् ।

२६ वर्षीया सविता तामाङले गर्भ रहेको ८ महिना ६ दिनका दिन सिजेरियन विधिबाट तीन शिशुलाई जन्म दिएकी हुन् । अहिले तीनै शिशु स्वस्थ रहेको बताइएको छ ।

जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम रहेको बताइएको छ । उसलाई ७ दिनपछि आमासँगै नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८औं दिनमा आमाको साथमा राखियो।

उनले वैशाख २० गते राति राती तीन शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य सामान्य भएपछि २८औं दिन सोमबार डिस्चार्ज गरिएको बताइएको छ । अहिले तीनै शिशु आमाको दुध राम्रोसँग चुस्न सक्ने भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका