Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • निर्माणाधीन पोखरा रंगशालाको काम ९० प्रतिशत पुरा

निर्माणाधीन पोखरा रंगशालाको काम ९० प्रतिशत पुरा

निर्माणाधीन पोखरा रंगशालाको काम ९० प्रतिशत पुरा

पोखरा,  १९ जेठ । पोखरा रंगशाला निर्माणको काम करिब ९० प्रतिशत पुरा निर्माणाधीन पोखरा रंगशालाको काम लकडाउनका बेला पनि निरन्तर भइरहेको छ।रंगशालाको फुटबल मैदान निर्माण सम्पन्न भएको छ भने, वैकल्पिक फुटबल मैदान सम्याइएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर रंगशालाको कामलाई निरन्तरता दिएको खेल अधिकारीहरुले बताएका छन् । निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालका अनुसार पोखरा रंगशाला निर्माणको काम करिब ९० प्रतिशत पुरा भएको छ ।

पोखरा रंगशालाको मुख्य फुटबल मैदान १ अर्ब २८ करोडको सम्झौतामा भारतीय कम्पनी ग्रेट स्पोर्ट इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले निर्माण गरिरहेको छ । २०७५ फागुन २६ गते शिलान्यास भएको रंगशाला निर्माणको कार्य करिब ९० प्रतिशत बढि सम्पन्न भएको प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले जानकारी दिनुभयो ।

रंगशालामा अव प्री इन्जिनियरिङ् विल्डङ्को फिनिसिङ् र केहि ट्वाईलेट तथा बाथरुमहरु, पछि थप गरिएको ३ हजार ५ सय सिटका लागि प्याराफिट निर्माणको काम बाँकी रहेको इन्जिनियर बरालले बताउनुभयो । लकडाउनका कारण काम गर्ने मजदुरहरु घर फर्किएकाले बाँकी काम पुरा गर्न ढिलाई भैरहेको उहाँले बताउनुभयो । पोखरा रंगशाला निर्माण पश्चात संरक्षणको चुनौती रहन सक्ने कतिपयको तर्क छ ।

यसको सौन्दर्यकरण र भौतिक संरचनाहरुको संरक्षणका लागि स्थानिय सरकार, प्रदेश सरकार तथा सम्बन्धित सरोकारवालाहरु एकिकृत भएर लाग्नु पर्नेमा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ्ले बताउनुभयो । पोखरा रंगशालामा स्विमिङ पुल, सुटिङ रेञ्ज र क्रिकेट मैदान समेत बनाउने योजना रहेको छ । पोखरा रंगशाला ४ सय १५ क्षेत्रफलमा फैलिएको छ। रंगशालामा फुटबलको दुइटा मैदान रहेको छ। यस्तै, क्रिकेट, आर्चरी, ह्याण्डबल, ब्याडमिन्टन, टेनिस, भलिबल, बास्केटबल, स्केटिङ, बहुउद्धेश्यीय कभर्डहल लगायतका संरचना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका