Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • पोखरामा मृत्यु भएका फेदीखोलाका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

पोखरामा मृत्यु भएका फेदीखोलाका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

पोखरामा मृत्यु भएका फेदीखोलाका व्यक्तिको कोरोना रिपोर्ट नेगेटिभ

स्याङ्जा, १९ जेठ । भारतबाट आएर स्याङ्जामा क्वारेन्टाइनमा बसेका व्यक्तिको उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको छ । मृत्युपछि उनको कोरोना भाइरस रोग कोभिड १९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई कोरोना भाइरस रोग नलागेको पुष्टि भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय खड्कबहादुर कार्कीको आइतबार बेलुका मृत्यु भएको थियो ।

उनी भारतबाट आई क्वारेन्टिनमा बसी घर गएका थिए । क्वारेन्टाइनमा बसेर निस्कँदा लिइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थियो । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरा ल्याउँदा ल्याउँदै उनको निधन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका