Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्याे

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्याे

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्याे

काठमाडौं, १९ जेठ। सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् । याे समाचार अनलाइन खबरले लेखेकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका