Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना , एकैपटक भए डिस्चार्ज

चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना , एकैपटक भए डिस्चार्ज

चार वर्षकी बालिका सहित २५ जनाले जिते कोरोना , एकैपटक भए डिस्चार्ज

भैरहवा, १९ जेठ । भैरहवाको भीम अस्पतालबाट चार वर्षकी बालिका सहित २५ जना कोरोना संक्रमित एकैपटक डिस्चार्ज भएका छन् ।

रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सा‌ंस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका–१ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएका हुन् । डिस्चार्च हुनेमा गैडहवा गाउँपालिकाका एकै घरका ६ जना रहेको बताइएको छ ।

उपचारमा आएकामध्ये केहीलाई सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या नरहेको र निको भएर घर फर्कदा खुशील नाचगान गरेको बताइएको छ । उनीहरु सवैजना डिस्चार्ज भएपछि अस्पताल खाली भएको छ ।

उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका