Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १५ सय ७२ पुग्याे

थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १५ सय ७२ पुग्याे

थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १५ सय ७२ पुग्याे

काठमाण्डौँ, १९ जेठ । आज थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाल्पामा तीन र रुपन्देहीमा दुई जना गरी थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वरेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाइमा ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रादेशिक प्रयोगशाला भैरहवामा उनीहरुको परिक्षण गरिएको थियो । योसँगै नेपालमा १५ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । २ सय २० जना कोरोना संक्रमणबाट निको भएका छन् भने ८ जनाको भने ज्यान गएको छ ।

अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका