Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • मनाङ र मुस्ताङमा २ तथा अन्य ९ जिल्लामा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिने

मनाङ र मुस्ताङमा २ तथा अन्य ९ जिल्लामा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिने

मनाङ र मुस्ताङमा २ तथा अन्य ९ जिल्लामा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिने

पोखरा, १८ जेठ । मनाङ र मुस्ताङ जिल्लाका अस्पतालमा २ शैया र बाँकी सबै जिल्लाका ९ अस्पतालमा ५ शय्याको सघन उपचार कक्षको स्थापना गरिने भएको छ ।

नेपाल सरकारसँगको सहकार्यमा जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र धौलागिरी अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिने आइतबार गण्डकी प्रदेश सभामा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै ५० शय्याका अस्पतालमा आखा उपचार सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्दै लगिनेछ । मृगौला पीडित बिरामीका लागि सञ्चालित डायलाइसिस सेवालाई प्रभावकारी बनाइनेछ ।

प्रदेशका आयर्वेुद औषधालय/आयर्वेुद स्वास्थ्य केन्द्रलाई १५ शय्याको चिकित्सालयमा स्तरोन्नति गर्दै लगिन जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका