Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने

गण्डकी प्रदेशमा अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने

गण्डकी प्रदेशमा अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने

पोखरा, १८ जेठ । गण्डकी प्रदेशमा अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।

गण्डकी प्रदेशको आर्थिक वर्ष ०७७–७८ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले संक्रामक तथा सरुवा रोगको उपचारको व्यवस्था गर्न नेपाल सरकारसंगको सहकार्यमा प्रयोगशाला परीक्षण सहितको अत्याधुनिक प्रविधियुक्त संक्रामक तथा सरुवा रोग अस्पताल स्थापना गरिने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयनको सुनिश्चितता गरिने उल्लेख गर्नुभयो ।

प्रभावकारी स्वास्थ्यसेवा प्रवाहका लागि प्रदेशले अस्पतालहरुमा विद्युतीय प्रविधिको प्रयोग गर्ने कार्य प्रारम्भ गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका