Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • गलकोट नगरपालिकामा भारतबाट आएकाहरुको स्वाव संकलन सुरु

गलकोट नगरपालिकामा भारतबाट आएकाहरुको स्वाव संकलन सुरु

गलकोट नगरपालिकामा भारतबाट आएकाहरुको स्वाव संकलन सुरु

थम्मन थापा,  बागलुङ, १८ जेठ  । गलकोट नगरपालिकामा आज स्वाव संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट जेठ ११ गतेसम्म नगर प्रवेश गरेका २६ जना नागरिकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।

नगर भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गर्दै उच्च सतर्कता अपनाउन पीसीआर परिक्षणको दायरा अगाडि बढाइएको प्रवक्ता भण्डारीको भनाई छ ।

गलकोट नगरपालिका वडा नं १ दुदिलाभाटी स्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ९ जना, वडा नम्बर २ स्थित नरेठाँटी स्वास्थ्य चौकीको नयाँ भवनमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ३ स्थित गलकोट बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनका ५ जना, वडा नम्बर ४ स्थित खरुवा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनका ६ जना र १ जना चालकको स्वाव संकलन गरिएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको र रोजगारीको सिलसिलामा भारत गएका नागरिक धमाधम फर्कन थालेको हुँदा नगर भित्र संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापन सँगै कोरोना परीक्षण लाई पनि सँग सँगै अगाडि लागिएको नगर उपप्रमुख काउचाले बताउनु भयो । चेक जाँच गरेपछि क्वारेन्टाइनमा बसेकाहरु पनि ढुक्क हुने र परिवार र टोल छिमेकमा समेत त्रास कम हुने नगरपालिकाले विश्वास लिएको छ ।

स्वाव संकलनको लागि ल्याव टेक्निशियन मनोज पुन, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुवेदी सहित जनप्रतिनधिको टोली सम्बन्धित ठाउँमा पुगेको थियो । स्वाव संकलनको लागि चाहिने आवश्यक किट तथा सामग्री जनस्वास्थ्य कार्यालय बागलुङले पठाएको थियो ।

जेठ ११ गते सम्म गलकोट नगरपालिकामा प्रवेश गरी विभिन्न वडामा रहेका क्वारेन्टाइनमा रहेका नागरिकको स्वाव संकलन गरिएको हो । आईतबार पनि स्वाव संकलन जारी रहने बताइएको छ । भोली गलकोट नगरपालिका वडा नं ११ रिघामा जेठ १२ गते आएका १८ जनाको स्वाव संकलन गरिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका