Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • रुकुम घटनाका दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

रुकुम घटनाका दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

रुकुम घटनाका दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

थम्मन थापा, बागलुङ, १८  जेठ । गलकोट नगरपालिका भित्र रहेका विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन् । गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घटनाहरुको सिकार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै विज्ञप्ती मार्फत घटनाको दोषिलाई कारबाहिको माग गरेका हुन् ।

घटनाको भत्सना गर्दै विज्ञप्तीमा लेखिएको छ पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्ल सँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बि.क, चौरजहारी वडा नं ६ का टिकाराम बि.क, र गणेश बुढा मगरको हत्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बि।क, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घटनाले हामी सबैलाई स्तब्ध एवम् मर्माहत बनाएको छ भने अर्को तर्फ यो घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको छ ।

अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार , सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृअलाबद्ध रुप्मा हत्या भएको छ ।

यी सबै घटनाहरुको आलो घाउँमा न्यायिक रिुपण नभईरहेको सन्दर्भमा चौरजहारी हतया प्रकरणले राज्य प्रणाली माथि दलित समुदायको आशा र भरोसा गुम्दै गईरहेको छ । अतः संवैधानिक रुपमा वर्नित भइसकेको जायि विभेदज जन्य सामाजिक अपराधलार्य प्रश्रय दिदै अन्तरजातिय प्रेम गरेको कारण व्यक्ति हत्या गरिनु र नरसम्हार मच्याउनु निन्दनिय छ ।

उक्त पासबिक घटनामा संलग्न दोषिहरुलाई हदै सम्मको कानुनी कारवाही गर्न साथै वेपत्ता पारिएका युवाहरुको यथाशिघ्र खोजी गर्न र मृतक नवराज बि.क, टिकाराम बि।क र गणेश बुढा लगायतका पिडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराई जिउ ज्यानको सुरक्षाका लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।

यस्ता घटनाले हाम्रो कामुनी राज्य र सिंगो समाजकै नाक काटिएको छ । कुनै प्रलोभन र राजनैतिक आस्थाका आधारमा दोषिलाई उन्मुक्ति हुने वातावरण सिर्जना भए सशक्त चरणबद्ध आन्दोलन तयारी गर्नुेपर्ने वातावरण सिर्जना बाध्य नपारियोस् । लेखिएको छ । विज्ञप्तीमा विभिन्न दलित सञ्जालका प्रमुखहरुले हस्ताक्षर गरि दोषिलाई हदै सम्मको कारबाहिको माग गरिएको छ ।

विज्ञप्ती मार्फत विभिन्न दलित सञ्जालका प्रमुख एवम् प्रतिनिधिहरुले घटनाको दोषिलाई हदै सम्मको कारबाहि नभए र पिडितलाई क्षतिपुर्ति उपलब्ध नगराए जस्तो सुकै आन्दोलन गर्न समेत आफुहरु पछि नपर्ने समेत चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका