Samacharpati
आइतवार, असार २८, २०७७
  • होमपेज
  • धार्चे गाउँपालिकामा औषधी खरिद प्रक्रियामा अनियमितता प्रयास

धार्चे गाउँपालिकामा औषधी खरिद प्रक्रियामा अनियमितता प्रयास

धार्चे गाउँपालिकामा औषधी खरिद प्रक्रियामा अनियमितता प्रयास

राजेन्द्र न्यौपाने, गोरखा, १८ जेठ । धार्चे गाउँपालिकाको विभिन्न स्वास्थ्य चौकीमा लैजाने औषधी खरिद प्रक्रियामा कार्यपालिका र प्रशासकिय अधिकृतबाट अनियमितता प्रयास भएको छ ।

वीस लाख मुल्य बराबरको औषधी खरिद गर्ने गरी कार्यपालिका बैठकमा बोलपत्र आव्हन गर्ने निर्णय गरेको तर बोलपत्र आव्हान नगरिएको प्रशासकिय अधिकृत विश्व प्रकाश शर्माले बताएका थिए । कोरोना रोगका महामारीका बेला २० लाख मुल्यको औषधी खरिद प्रक्रियामा सूचना निकाल्न आवश्यक नरहेको उनले बताएका थिए । हामीले दरभाउ माग गर्ने हो त्यो दरभाउ माग गरिएको रेकर्ड अफिसको फाइलमा राखेका
छौ, उनले भने । औषधीको दरभाउ माग गरिएको सूचना कहाँ सार्वजनिक गर्नुभयोभन्ने प्रश्नमा उनले सूचना टाँस्नुपर्ने आवश्यकता नै नभएको बताएका थिए ।

दरभाउ सार्वजनिक नगरी कसरी थाहा पाउने त औषधी व्यावसायीहरुले भन्ने प्रश्नमा उनले जवाफ दिन सकेनन् । दरभाउका लागि तीन वटा आवेदन परेको उनले बताएका थिए । सूचना सार्वजनिक नभई कसरी पर्यो आवेदन भन्ने पुनः प्रश्नमा उनले स्वास्थ्य शाखालाई यस विषयमा थाहा हुने बताएका थिए । स्वास्थ्य शाखा प्रमुख अमृत घलेसँग दुई दिन अघि देखि पटकपटक प्रयास गर्दा सम्पर्क हुन सकेन ।

गाउँपालिका केन्द्र माछीखोलामा बस्नेहरुले सूचना निकालेको थाहा नपाउने काठमाण्डौ, पोखरा, चितवन लगायतका स्थानबाट लकडाउनको समयमा आएर मानिसहरुले कसरी थाहा पााए र दरभाउपत्र पेश गरे भन्दै स्थानीय गाउँलेहरुले प्रश्न गर्न थालेपछि विषय बाहिर आएको थियो ।

गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले आफूहरुले राम्रो काम गरेको तर विरोधीहरुले विरोध गरेको बताएका थिए । स्वास्थ्य चौकीमा अहिले औषधीको अभाव नभएको तर प्रक्रिया पुर्याएर औषधी खरिद गरेर राख्न मात्र लागेको कार्यपालिकामा छलफल भएको कार्यपालिकाका एक सदस्यले बताएका थिए । हामीलाई सबै कुरा थाहा हुँदैन अध्यक्ष ज्यूले जे भन्नुहुन्छ त्यही गर्ने हो उनले भने

यो विषय उठान गर्दै गर्दा प्रशासकिय प्रमुख शर्माले दरभाउ बोलपत्र आह्वान गर्ने विषयमा कार्यपालिका बैठकमा पुनः छलफलमा लैजाने बताएका थिए । नेपालको ऐन, नियममा सार्वजनिक खरिद नियमावलीलाई छलेर गरिएका आर्थिक कारोवारलाई भ्रष्टचार मानिन्छ । गोरखाका केही पालिकाहरुको आर्थिक गतिविधि कागपत्रमा मात्र सिमित रहँदै आउने गरेकाले सुक्ष्म रुपमा हेर्नुपर्ने भ्रष्टचारमा शुन्य सहनशिलताका अभियान्ताहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका