Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • अग्नि पिडित खड्कालाई सहयोग जुट्ने क्रम बढ्दै

अग्नि पिडित खड्कालाई सहयोग जुट्ने क्रम बढ्दै

अग्नि पिडित खड्कालाई सहयोग जुट्ने क्रम बढ्दै

थम्मन थापा,  बागलुङ, १८ जेठ । गलकोट नगरपालिका वडा नं ७ मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई सृजनशील महिला समुह मल्म आँगाखेतले नगद रु १० हजार सहयोग प्रदान गरेको छ ।

आज खड्का निवासमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको समूहका अध्यक्ष सरस्वती केसीले जानकारी दिनुभयो । अग्नि पिडित खड्कालाई रकम सहयोगको निम्ति समूहमा आबद्ध महिलाहरु त्यहाँ पुगेका थिए ।

त्यस्तै घुम्टे प्रगति कृषि समुह मल्मले पनि आजै नगद रु ५ सय ५५ खड्का परिवारलाई सहयोग गरेको समूहका अध्यक्ष दुर्गा बस्नेतले जानकारी दिनुभयो । अग्नि पीडित खड्कालाई थोरै भए पनि राहत होस भनी उक्त रकम निवासमै पुगेर सहयोग गरिएको अध्यक्ष बस्नेतले बताउनुभएकाे थियाे ।

खड्का परिवारलाई महिला जागरण केन्द्र मल्मले पनि नगद रु ५ हजार सहयोग प्रदान गरेको छ । स्थानीय स्तरमा महिला हक हित र अधिकारको क्षेत्रमा काम गर्दै आएको केन्द्रले आपातकालीन समयमा उक्त रकम सहयोग गरेको केन्द्रका कोषाध्यक्ष मिरा खड्काले बताउनु भएकाे थियाे ।

आजै मल्म आँगाखेत निवासी होम बहादुर थापाले नगद रु २ हजार, आँगाखेत निवासी तुल बहादुर थापा र रुद्र बहादुर थापाले १/१ हजार सहयोग प्रदान गरेको अग्नि पिडित जुक्त बहादुर खड्काले जानकारी दिनुभएकाे थियाे ।

खड्काको घरमा गत जेठ ११ गते दिउँसो अकस्मात आगोलागी हुँदा घर जलेर पूर्ण रुपमा नष्ट हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । घर जले पछि अहिले खड्का परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका