Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • बाग्लुङमा फेरी ६ जनामा कोरोना संक्रमणकाे पुष्टि

बाग्लुङमा फेरी ६ जनामा कोरोना संक्रमणकाे पुष्टि

बाग्लुङमा फेरी ६ जनामा कोरोना संक्रमणकाे पुष्टि

काठमाडौँ, १४ जेठ । बाग्लुङमा फेरी ६ जनामा कोरोनाको संक्रमण देखिउको छ । बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार भारतबाट फर्किएका उनीहरु बागलुङको पश्चिम भेगका हुन् ।

संक्रमण पुष्टि भएकाहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र थप विबरण आएपश्चात अस्पतालमा राखेर उपचार गर्ने तयारी गरिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजू बताउँछन् ।

उता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भएता पनि थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

यसअघि बाग्लुगंमा एक ६५ वर्षकी बृद्ध र १९ वर्षे किशोरीमा संक्रमण देखिएपछि उपचार गरेर उनीहरु घर फर्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका