Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • पर्वत जिल्लामा कार्यरत प्रजिअ कल्पना घिमिरे चितवन सरुवा

पर्वत जिल्लामा कार्यरत प्रजिअ कल्पना घिमिरे चितवन सरुवा

पर्वत जिल्लामा कार्यरत प्रजिअ कल्पना घिमिरे  चितवन सरुवा

पर्वत, १४ जेठ । पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा चितवनमा भएको छ । पर्वतमा एक बर्ष देखि कार्यरत भए संगै प्रजिअ नेपालको सरुवा भई चितवन आउदैँ हुनुहुन्छ ।

नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको श्राेतले बताएकाे छ । पर्वत जिल्लामा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुप्रसाद रेग्मीलाई पठाउंदै छ ।

गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको हो । साविक पर्वतकै लिमिठाना घर भए पनि हाल बसोवास भने राजधानी नै रहेको थियाे । यो कोरोना भाईरसको संक्रमणको महामारीमा प्रजिअको सरुवा भएको हो ।

रेग्मी पर्वत जिल्लालाई नजिकवाट बुझेको व्यक्ति भएकोले उनलाई जिल्लाको शान्ति सुरक्षा विषयमा थप टेवा पुगने हुने सरोकारवालाहरुको भनाई छ ।

गृह मन्त्रालयले सोमबार पर्वत बाहेक बाँके, सप्तरी र जुम्लाका सिडिओको सरुवा गरेको छ । मन्त्रालयका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको हाे । स्याङ्जामा कसलाई पठाउने भन्ने निणर्य हुनै बांकि छ।

सप्तरीमा भने गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा भएका छन्।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन् थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले प्रशासनलाई बताएकाे छ। केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका