Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • एयर इन्डिया फ्लाइटमा एक यात्रीमा कोरोना पोजेटिभ

एयर इन्डिया फ्लाइटमा एक यात्रीमा कोरोना पोजेटिभ

एयर इन्डिया फ्लाइटमा एक यात्रीमा कोरोना पोजेटिभ

 दिल्ली, १४ जेठ । एयर इन्डियाको फ्लाइटमा एक यात्रीमा कोरोना पोजेटिभ भेटिएको छ । एयर इन्डिया विमानबाट दिल्लीबाट लुधियाना जाने एक व्यक्तिमा कोरोना भेटिएको समाचारमा जनाइएको छ ।

एलायन्स एयरको सुरक्षा विभागमा काम गर्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको भारतिय मिडियाले जनाएका छन् । ती व्यक्तिमा कोरोना संक्रमण देखिएलगत्तै विमानमा सवार सबैलाई क्वारेन्टाइनमा पठाइएको बताइएको छ । दुई महिनापछि भारतमा घरेलु उडान पुनः सञ्चालन भएको हो ।

भारतमा कोरोना संक्रमणका कारण ४ हजार ३ सय ४९ जनाको ज्यान गइसकेको छ, भने १ लाख ५० हजार ७ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा ५ हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ७७ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका