Samacharpati
शुक्रबार, असार २६, २०७७
  • होमपेज
  • केदार बरुवाल क्षेत्रीको ”एक तर्फी” सार्वजनिक

केदार बरुवाल क्षेत्रीको ”एक तर्फी” सार्वजनिक

काठमान्डाैँ, १२ जेठ । विगत २ महिना देखि पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु घरभित्रै सीमित बन्न पुगेका छन् । यो बेलामा प्रत्येक दिन कसरी कटाउने भन्ने धेरैमा अन्यौल देखिन्छ । सरकारको सल्लाह मान्ने हो भने संगीत सुन्ने , सृजनशील बन्ने लकडाउनमा फ्रेस हुने तरिका हो।

लकडाउनले सबैको सक्रियता लक गरिदिए पनि केहि गायक कलाकारहरुले गीत संगीत , शर्ट मुभी र सामाजिक संजाल माफ्रत बिभिन्न सृजनात्मक कामहरु सार्वजनिक गरेर मनोरंजन प्रदान गरिरहेका छन्।

लामो समय देखि अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘एक तर्फी’ सार्वजनिक गरेका छन्।

सफ्ट सेण्टिमेण्टल भर्शनको यस गीतमा गायक बरुवालले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन्। मायालुको सम्झनामा गाइएको मनछुने गीतमा स्वर, शब्द , संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको रहेको छ। गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन्।

म्युजिक भिडियोमा समेत स्वयम् गायक क्षेत्री फिचर्ड छन्। सन्तोष गुरुङको छायांकन, सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।

रियालीटी सो ‘चितवन आइडल २०७०’ को उपाधि बिजेता क्षेत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली सांगेतिक क्षेत्रमा पाइला राखेका हुन् । हालसम्म उनका ”एक पल” , ”मन छोडी” लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।

स्वयम् गायक क्षेत्रीको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गायक क्षेत्रीले आग्रह समेत गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका