Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • भारतका विभिन्न स्थानबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या १,३८९ पुग्याे

भारतका विभिन्न स्थानबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या १,३८९ पुग्याे

भारतका विभिन्न स्थानबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या १,३८९ पुग्याे

अर्घाखाँची,  १२ जेठ । भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँचीमा आउनेको सङ्ख्या एक हजार ३८९ पुगेको छ । रोजगारीका सिलसिलामा भारत गएका नागरिकमा कोरोनाको उच्च जोखिम भएसंँगै उनीहरु धमाधम गृह जिल्ला फर्किन थालेका छन् । भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै आइतबार एकै दिन ५८७ जना जिल्ला भित्रिएका हुन्

पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७०, भूमिकास्थान नगरपालिकाका ३३६, शीतगंगा नगरपालिकाका ४४३, पाणिनी गाउँपालिकाका८८, मालारानी गाउँपालिकाका २६० र छत्रदेव गाउँपालिकामा ९२ गरी एक हजार ३८९ जिल्ला जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो जिल्लाका छ स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा एक हजार ३८९ छन् ।

चन्द्रौटा– कपिलवस्तुमा कोरोना संक्रमितकोे संख्या दिन प्रतिदिन बढ्दो छ । जिल्लामा शनिवबार बिहानसम्म ७७ जनामा कोरोना पुष्टि भएको छ । शुरुआती दिनमा भारतबाट नेपाल प्रवेश गरेका नागरिकमा कोरोना देखिए पनि पछिल्लो समयमा स्वास्थ्य, सुरक्षाकर्मी र सञ्चारकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

संक्रमण बढेपछि जिल्लामा रहेका स्थानीय तहहरुले आफैँ आइसोलेशन सेन्टर स्थापना गरी संक्रमितको उपचार गर्ने तयारी थालेका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर ७ को पर्शोहीमा रहेको आयुर्वेदिक औषधालयको भवनमा २५ शय्या क्षमताको आइसोलेशन तयार पारी सञ्चालनमा ल्याइएको छ ।

उक्त सेन्टरमा गत बुधबार पुष्टि भएका पालिकाभित्रैका तीन संक्रमितलाई राखिएको छ । आइसुलेशनमा रहेका संक्रमितको स्वास्थ्य निगरानीका लागी निरन्तर दुईदुईस्वास्थ्यकर्मी र सुरक्षाकर्मी तथा एक सहयोगी कर्मचारी खटाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक यज्ञ अधिकारीले बताउनुभयो ।

त्यस्तै शिवराज नगरपालिकाले पनि चन्द्रौटामा कोराेना ना पुष्टि भएकाहरूको उपचारका लागि १५ दिनमा ३० शय्याको अस्पताल निर्माण गर्ने लक्ष्यानुसार निर्माण शुरु गरेको छ । गत शनिबार जिल्ला प्रशासन कार्यालय तौलिहवामा ५ नं का प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीका अध्यक्षतामा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रतिनिधिको सहभागितामा भएको निर्णयानुसार नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि अस्पताल बनाउने समिति गठन गरेको हो ।

भारतीय सीमासंँग नजिक रहेको शिवराज नगरपालिकामा पनि कोरोना संक्रमित देखिएपछि चन्द्रौटामा नै अस्पताल निर्माण गर्नु पर्नेअवस्था आएको प्रदेशसभा सदस्य अर्जुन केसीले बताउनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष तथा अस्पताल निर्माण समिति संयोजक महादेव पोखरेलले १५ दिनमा ३० शय्याको भवन निर्माण गर्न गरी दुई सिफ्टमा काम गरिएको बताउनुभयो ।

त्यस्तै महाराजगञ्ज नगरपालिकाले पनि नगरभित्र भेटिएका कोरोना संक्रमितलाई वडा नं १ मा रहेको जानकी माविमा आइसोलेशन निर्माण गरेको छ । नगरमा भेटिएका नौ संक्रमितलाई राखिएको नगर प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।

कोरोनाका उच्च जोखिम रहेको कपिलवस्तुको तौलिहवामा रहेको साविक महिला विकासको कार्यालय, मायादेवी गाउँपालिका १ मा नैना अस्पताल, वडा नं ३ मा रहेको पुलिका स्वास्थ्यचौकी र विजयनगर गाउँपालिका वडा नं ७ को आयुर्वेदिक अस्पताललाई कोरोना संक्रमित उपचार अस्पतालका रूपमा विकास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका