Samacharpati
शनिबार, असार २७, २०७७
  • होमपेज
  • भारतीय क्वारेन्टिनमा रहेका स्याङ्जाका ३४ वर्षीय थापाकाे मृत्यु

भारतीय क्वारेन्टिनमा रहेका स्याङ्जाका ३४ वर्षीय थापाकाे मृत्यु

भारतीय क्वारेन्टिनमा रहेका स्याङ्जाका ३४ वर्षीय थापाकाे  मृत्यु

काठमाडौ, ११ जेठ  । भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहेका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो ।

उनका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आएका शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका