Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • आज देशभर गरेर ६८ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्याे

आज देशभर गरेर ६८ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्याे

आज देशभर गरेर ६८ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्याे

काठमाडौं, १० जेठ । नेपालमा आज फेरी थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज बिहानम मात्रै ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको भएता पनि अपराह्न्नमा पनि थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको जानकारी दिए ।

आज संक्रमण भएकामा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। रीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको प्रवक्ता डा. विकास देवकोटाले बताए ।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। आज देशभर गरेर ६८ जनामा संक्रमण हुँदा देशभर संक्रमितको संख्या ५८४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका