Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • संचारकर्मीका बीच नेपाल प्रेस युनियन कास्की

संचारकर्मीका बीच नेपाल प्रेस युनियन कास्की

संचारकर्मीका बीच नेपाल प्रेस युनियन कास्की

पोखरा, १० जेठ । नेपाल प्रेस युनियन कास्कीले संचारकर्मीलाई सहयोग गरेको छ । लकडाउनका बेला रिपोर्टीङ गरिरहेका संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै समस्यामा परेकालाई सहयोग गरिएको हो ।

अध्यक्ष नवीन सिग्देलको पहलमा दोस्रो चरणसम्म ३० जनाभन्दा बढी संचारकर्मीलाई मास्क, सेनिटाइजर र ग्लब्स तथा समस्यामा परेका संचारकर्मीलाई सहयोग गरिएको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बताए ।

दोस्रो चरणका लागि पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोपाइटर विद्या अधिकारीले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी थिइन्।

‘संचारकर्मीको आवश्यकता र समस्यामा नजिक हुने छौं, अध्यक्ष नवीन सिग्देलले भने, संचारकर्मीसँगै आमनागरिकका समस्याप्रति पनि गम्भीर छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका