Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • शुक्रबार काेराेना संक्रमण देखिएका सात जना भारतबाट आएको पुष्टी

शुक्रबार काेराेना संक्रमण देखिएका सात जना भारतबाट आएको पुष्टी

शुक्रबार काेराेना संक्रमण देखिएका सात जना भारतबाट आएको पुष्टी

रूपन्देही,  १० जेठ । नेपालमा भारतबाट आउनेहरुले कोरोना भयाभय बनाइरहेका छन् । भारतबाट आएर ब्यबस्थित तरिकाले क्वारेन्टाइनमा बसेकाहरुले अनुशासनको पालना गरेता पनि भागेर आउने भगौडाहरुका कारण आज देश नै जोखिममा परिरहेको छ ।

उनीहरुले परिवारलाई त अप्ठ्यारोमा पारिरहेका छन् भागेर आएर घरमा लुक्दा समाज नै अप्ठ्यारोमा परिरहेको छ । तर अनुशासनको पालना गरेर क्वारेन्टाइनमा बसेकाहरुबाट भने कुनै जोखिम छैन । यसैबिच रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको पत्त लागेको छ ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।

यसअघि सोही गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका