Samacharpati
शुक्रबार, जेष्ठ २३, २०७७
  • होमपेज
  • महिनौँदेखि अनुसन्धानमा खटिएका बैज्ञानिकले पुष्टी गरे, मिंकले सारेकाे थियाे कोरोना

महिनौँदेखि अनुसन्धानमा खटिएका बैज्ञानिकले पुष्टी गरे, मिंकले सारेकाे थियाे कोरोना

महिनौँदेखि अनुसन्धानमा खटिएका बैज्ञानिकले पुष्टी गरे, मिंकले सारेकाे थियाे कोरोना

काठमाडौँ, ८ जेठ । नेदरल्याण्डका बैज्ञानिकहरुले मांसाहारी जनावर मिंकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका छन । मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरुले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका छन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

मिंकमा गरिएको परीक्षणमा कोरोना भाइरस देखिएपछि मानिसमा उक्त जनावरले नै कोरोना भाइरस सारेको बिश्वास अधिकारीहरुले गरेका छन । नेदरल्याण्ड सरकारले मंगलबार राति एक नयां घोषणा गर्दै मिंकहरुमा कोरोनाको संक्रमण नदेखिने तर उसले मानिसमा सार्ने बताएको छ ।

चीनको उहान शहबाट शुरु भएको कोरोना भाइरस मानिसबाट मानिसमा सरेको बताइएपनि पछिल्लो नेदरल्याण्डका अधिकारीहरुका अनुसार मिंकबाट नै मानिसमा कोरोना भाइरस सरेको दावी गरेको छ ।

नेदरल्याण्ड सरकारले मुलुकभरमा र्फाममा रहेका मिंकहरु माथि कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको छ । नेदरल्याण्डका अधिकारीहरुले बिरालोबाट पनि कोरोना भाइरस सर्न सक्ने चेतावनी दिएको छ ।

मिंक फार्ममा रहेका ११ वटा बिरोले मध्ये ३ वटामा कोरोनाको संक्रमण देखिएको पनि अधिकारीहरले जनाएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका