Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • नयाँ नक्सका विषयमा मनिषाले नेपालकाे सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनकाे आलोचना

नयाँ नक्सका विषयमा मनिषाले नेपालकाे सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनकाे आलोचना

नयाँ नक्सका विषयमा मनिषाले नेपालकाे सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनकाे आलोचना

काठमाडौं, ७ जेठ । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपाल सरकारले हालै अनुमोदन गरेको नयाँ नक्सकाका विषयमा सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनको चर्को रुपमा आलोचना गरिएको छ ।

नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे लगत्तै मनिषाले नेपाल सरकारको यो सुखद कदमको समर्थन गर्दै भनेकी छिन् ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ मनिषाले जब यो ट्वीट पोष्ट गरिन् त्यसपछि उनको यो ट्वीटको जवाफमा कमेन्टको वर्षा गर्दै भारतीयहरुले उनलाई गाली समेत गर्न भ्याएका छन् ।

एक प्रयोगकर्ताले भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गर्नु गलत भएको बताएका छन् । त्यस्तै मनिषा विरुद्ध कमेन्टको वर्षा गर्नेहरुमध्येका अर्का प्रयोगकर्ता लेख्छन् ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका