Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छैन : क्रिमसन अस्पताल

काठमाडौं, ७ जेठ । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जानकारी दिएको छ।

संक्रमितको स्वास्थ्य अवस्थाबारे विभिन्‍न आशंका र अनुमान बाहिर आएपछि अस्पतालले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै मृत्यु नभएको स्पष्ट पारेको हो। अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको जनाएको छ।

यसअघि प्रदेश पाँचका सामाजिक विकासमन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरका मेयर बासुदेव घिमिरे, अस्पतालका सञ्चालक दुर्गा पाण्डेले संक्रमितको मृत्यु भएको र अस्पतालले पुष्टि गर्न बाँकी रहेको जानकारी मिडियालाई दिएका थिए । त्यही सूचनाका आधारमा संक्रमितको मृत्यु भएको तर औपचारिक पुष्टि हुन बाँकी रहेको समाचार प्रकाशित भएको थियो।

उक्त समाचारका कारण परिवारजन, आफन्त र पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमा माग्दै गल्ती सच्चाएका छौं। संक्रमितको अवस्थाबारे अनेक अनुमान र आशंका बाहिर आएकोले प्रमाणकीरण गर्ने क्रममा समाचार सच्चाउन केही ढिलाइ भएको जानकारी पनि गराउँछौं । उक्त गलत समाचार यो लिंकबाट हटाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका