Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • आज चक्रवात अंपुनको असर नेपालमा पनि देखिने

आज चक्रवात अंपुनको असर नेपालमा पनि देखिने

आज चक्रवात अंपुनको असर नेपालमा पनि देखिने

काठमाडौं, ७ जेठ । चक्रवात अंपुनको असर नेपालमा पनि देखिनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज चक्रवात प्रत्यक्ष प्रभाव नरहेपनि अप्रत्यष प्रभाव नेपालमा रहने छ । जसका कारण देशको पूर्वी भूभाग हुँदै असर देखिनेछ । पूर्वी भुभागका धेरै स्थानहरुमा आज मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै मध्य भागका केही स्थानहरुमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बँगालको खाडीबाट बढिरहेको ठुलो चक्रवात अंपुन भारतको पश्चिम बँगाल र उडिसा राज्यको समुन्द्र किनारको नजिक पुगेको छ । त्यहाँ वर्षा समेत हुनथालेको छ ।

चक्रवात आज साँझसम्म पश्चिम बँगालको दिगामा पुग्नेछ । यसले ठुलो क्षति पुग्न सक्ने भन्दै । चक्रवात पुग्ने समुन्द्र किनारका दशौं लाख मानिसलाई सुरक्षित क्षेत्रमा सारिएको बताइएको छ । उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवकहरु परिचालन गरिसकिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका