Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा जेठ ११ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा जेठ ११ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान

गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा जेठ ११ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान

पोखरा, ७ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाको बैठक यही जेठ ११ गतेका लागि आह्वान गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख शेरचनका उपस्वकीय सचिव वसन्त भट्टचनले जानकारी दिनुभयो ।

प्रदेशसभाको बजेट अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने भएको छ । सामाजिक दूरी कायम गरी आवश्यक मापदण्ड अपनाएर अधिवेशन सञ्चालन गर्नुपर्ने भएकाले पोखरा सभागृहमा सञ्चालन गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पोखरा–३, नदीपुरस्थित प्रदेशसभा भवनमा स्थान साँघुरो भएकाले सभागृहमा प्रदेशसभाको अधिवेशन सञ्चालन गर्न लागिएको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका