Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • लकडाउन उल्लङघन गरी तास खेल्ने ६ जना रकमसहित पक्राउ

लकडाउन उल्लङघन गरी तास खेल्ने ६ जना रकमसहित पक्राउ

लकडाउन उल्लङघन गरी तास खेल्ने  ६ जना रकमसहित पक्राउ

पर्सा,  ७ जेठ ।  वीरगंज महानगरपालिका २७ उदयपुर घुर्मी बस्ने नगिना यादवको घरमा जुवातास खेलिरहेका ६ जनालाई ६८ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निज नगिना यादव, सोही ठाउँ बस्नेहरु २५ वर्षीय रुपेश यादव, ३६ वर्षीय राजेश्वर प्रसाद यादव, ४० वर्षीय छोटेलाल पटेल, ४५ वर्षीय ज्ञानचन पटेल र १९ वर्षीय हदरी प्रसाद यादव रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै तास खेलीरहेको स्थानबाट ३ वटा प्लाष्टिकको ड्रममा मदिरा तयार पार्न राखिएको कच्चा पदार्थ ६ सय लिटर समेत प्रहरीले फेला पारी नष्ट गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका