Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • अमेरिका मेरिल्याण्डमा ४८ वर्ष र २५ वर्षका दुई नेपालीको मृत्यु

अमेरिका मेरिल्याण्डमा ४८ वर्ष र २५ वर्षका दुई नेपालीको मृत्यु

अमेरिका मेरिल्याण्डमा ४८ वर्ष र २५ वर्षका दुई नेपालीको मृत्यु

काठमाडौँ, ६ जेठ । अमेरिका मेरिल्याण्डमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४८ वर्षीय बैकुण्ठ लामिछाने र २५ वर्षीय आशिष केसी रहेका छन् । लामिछानेलाई कमलपित्त बिग्रेर र केसीको पौड्दा डुबेर निधन भएको बताइएको छ ।

साता दिनभित्र यि दुईले ज्यान गुमाएका हुन् । लामिछानेको गत बुधवार जन्डिसबाट पीडित लामिछानेको गत बुधवार बाल्टिमोरको वासिङ्गटन मेडिकल सेन्टरमा उपचारकै क्रममा ज्यान गएको बताइएको छ ।

उनी आफ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत १ ५ वर्षदेखि  क्रफ्टनमा बस्दै आइरहेका थिए ।   उनको शुक्रबार नै दाहसंस्कार गरिएको हो ।

त्यस्तै केसीको पनि वासिङ्गटन मेडिकल सेन्टरमै आइतबार ज्यान गएको बताइएको छ । केसी गत शुक्रबार पोनिे क्रममा डुबेका थिए ।  आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याइए पनि उनलाई बचाउन नसकिएको बताइएको छ । केसीको परिवार भने नेपालमै रहेको छ । उनको घर बाग्लुङ्ग भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका