Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ वर्षे युवककाे मृत्यु

रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ वर्षे युवककाे मृत्यु

रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ वर्षे युवककाे मृत्यु

रोल्पा, ६ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । ज्यान जानेमा रोल्पा नगरपालिका–१ का २२ वर्षे युवक रहेका छन् । उनको सोमबार दिउँसो ज्यान गएको बताइएको छ ।

उनले काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका थिए । उनी गए आइतबार बेलुकी मात्रै रोल्पा पुगेर अस्पतालको आइसोलेशनमा बसेका थिए । युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको रोल्पा अस्पतालका प्रमुख डा। धनमाया घर्तीले बताए ।

त्यस्तै नेपालमा एकैदिन ८० जनामा कोरोनाको पुष्टि भएको छ । सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै एकै दिन ८० जना कोरोना संक्रमित बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको परिक्षणबाट थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा नयाँ संक्रमितहरु धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँक नरैनापुर निवासी १२ जना पुरुषहरू, दैलेख, आटबिस १ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म कर्णाली प्रदेशमा प्रवेश नपाएको कोरोनाले सोमबार प्रवेश पाएको छ ।

सोमबार थपिएका १८ मध्ये एक जना कर्णाली प्रदेशमा पनि रहेका छन्। यस सँगै नेपालका सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने संक्रमितको संख्या ३७५ पुगेको छ । जसमध्ये २ जनाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्केर आराम गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका