Samacharpati
बुधबार, जेष्ठ २१, २०७७
  • होमपेज
  • साहित्यकार दिलिप योञ्जनद्धारा ४२ परिवारलाई राहत

साहित्यकार दिलिप योञ्जनद्धारा ४२ परिवारलाई राहत

साहित्यकार दिलिप योञ्जनद्धारा ४२ परिवारलाई राहत

काठमाडौं,  ६ जेठ । विश्वभरी कोभिड– १९ को महामारीले विश्व आतंकित बनेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले करिब २ महिनादेखि मानिसहरु घरबाट बाहिर निस्केका छैन् । ज्यालादारी, मजदुरी, अपांग र असहाय लगायतलाई यो लकडाउनले थप संकटको अवस्था सिर्जना गरेकाे छ ।

विसम परिस्थितिलाई मध्यनजर गरी अमेरिकामा बस्ने साहित्यकार तथा समाजसेबी दिलिप योन्जनले थप १२ परिवारलाई राहत प्रद्धान गरेका छन । उनले काठमान्डाैँ को बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ का अति विपन्न तथा मजदुर ३० परिवारलाई र सोमबार १२ परिवार गरी जम्मा ४२ परिवारलाई राहत प्रद्धान गरेका हुन । जसको समन्वय साहित्यकार बिना थिङ र डोल्मा तामाङले गरेकि थिईन ।

उनले पहिलो पटक रु ६६ हजार ३ र दोस्रो पटक रु २६७५७ गरी जम्मा रु ९२७६० बराबरको राहत स्वरुप चामल, तेल र दाल वितरण गरेकोे जानकारी दिएका छन । लकडाउनले हुने खानेलाई प्रभाव नपारे पनि हुँदा खाने वर्ग भने मारमा परेका बताउदैँ साहित्यकार योन्जनले भने, ‘सरकारले दिएको राहत थोपा जस्तो बिलाउँदै गएको छ । त्यसैले मैले खल्तीबाट उनीहरुलाई सहयोग गरेको छु ।’

अमेरिका जहाँ कोरोनाको आतंक विश्वभरमै सबैभन्दा बढी छ, त्यस्तो खतरापूर्ण स्थानमा बसेर पनि आफनो मातृभुमी प्रतिको अगाढ माया र स्नेहको कारण अरुको दु:खमा मलम लगाउने कार्य गरेको उनले बताएका छन । उनले यसअघि ०७२ को भुकम्पमा पनि राहत प्रदान गरेका थिए । भने, उनले असाय तथा अनाथ ६५ जना बालबालिकालाई शिक्षाको अभावमा कोही पनी बस्नु नपरोस भनेर विगत वर्ष देखी पूर्ण छात्रबृर्ति दिदै आएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका