Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • अमेरिकन आइडलको फस्ट रनर अप बन्न सफल भए दिवेश पोखरेल

अमेरिकन आइडलको फस्ट रनर अप बन्न सफल भए दिवेश पोखरेल

अमेरिकन आइडलको फस्ट रनर अप बन्न सफल भए दिवेश पोखरेल

टेक्सस, ५ जेठ दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुग्नुभएको थियो । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आउनुभएको थियो । मतमार्फत अघि बढ्ने चरणमा समेत उहाँले उत्साहप्रद मत प्राप्त गर्नुभएको थियो । उहाँको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उहाँलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गर्नुभएको छ ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट हुनुभएको थियो । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउनुहुने दिवेश छ वर्षअघि अमेरिका आउनुभएको हो । काठमाडौँमा जन्मिनुभएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गर्नुभएको थियो ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जित्नुभएको छ । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका