Samacharpati
शनिबार, जेष्ठ १७, २०७७
  • होमपेज
  • माेहन बस्नेतले लिने भए कोरोनाबाट मृत्यु भएकी महिलाकाे बच्चाको भरणपोषण र शिक्षाको जिम्मा

माेहन बस्नेतले लिने भए कोरोनाबाट मृत्यु भएकी महिलाकाे बच्चाको भरणपोषण र शिक्षाको जिम्मा

माेहन बस्नेतले लिने भए कोरोनाबाट मृत्यु भएकी महिलाकाे बच्चाको भरणपोषण र शिक्षाको जिम्मा

काठमाडौं, ५ जेठ ।  कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएका शिशुको पालन पोषण र शिक्षा दिक्षाको जिम्मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले लिने भएका छन् ।

कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोकको बाह्रविसेकी महिलाको छोराको भरणपोषण र उच्च शिक्षाको जिम्मा लिने मात्र नभइ नेता बस्नेतले आवश्यक पर्ने पौष्टिक आहारका लागि ५० हजार रकम सहयोग गर्ने पनि घोषणा गरेका छन्।

बच्चा र उनका बुबा हाल धुलिखेल अस्पतालमा छन्। उनी दुबैको कोरोनाको रिर्पोट नेगेटिभ आएको छ । कक्षा १ देखि १२ कक्षासम्म अध्ययनकालागि निशुल्क व्यवस्था गर्ने र उच्च शिक्षाको लागि पनि पहल गर्ने नेता बस्नेतले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका