Samacharpati
बिहिबार, जेष्ठ १५, २०७७
  • होमपेज
  • विश्वभर १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएर घर फर्के

विश्वभर १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएर घर फर्के

विश्वभर १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएर घर फर्के

काठमाडौं, ५ जेठ । विश्वमा साढे १८ लाखभन्दा धेरै कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।  ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको र १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएर घर फर्किएको बताइएको छ ।

त्यस्तै कोरोनाका कारण ३ लाख १६ हजार ५ सय १४ जनाको ज्यान गइसकेको छ । सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने ९१ हजार जनाको ज्यान गएको छ ।

यसै गरी २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित मध्य रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् । २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । ब्राजिलमा ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् । २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका