Samacharpati
मङ्लबार, जेष्ठ २०, २०७७
  • होमपेज
  • जेठ २० सम्म लकडाउन, कृषि, उद्योग, निर्माणलगायत कामलाई निरन्तरता

जेठ २० सम्म लकडाउन, कृषि, उद्योग, निर्माणलगायत कामलाई निरन्तरता

जेठ २० सम्म लकडाउन, कृषि, उद्योग, निर्माणलगायत कामलाई निरन्तरता

काठमाडौं, ५ जेठ । सरकारले बन्दाबन्दी आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री खतिवडाले सरकारले कोरोना रोकथामका लागि बन्दाबन्दी जारी राखे पनि सँगसँगै आर्थिक गतिविधि अघि बढाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

आजको बैठकमा बन्दाबन्दीको ‘मोडालिटी’ परिवर्तनको सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो । उहाँले सरकारले यसअघि गरेको निर्णयका आधारमा कृषि, उद्योग, निर्माणलगायतलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “साना ठूला आयोजनाको निर्माण भइरहेकामा त्यसलाई निरन्तरता दिइनेछ ।”

बैठकमा अहिले क्वारेन्टिनमा बसिरहेकालाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा छलफल भएको मन्त्री खतिवडाले बताउनुभयो । उनीहरुको सुरक्षा अपनाएर कसरी आफ्नै गाउँमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

बैठकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडीबुटीजन्य र औषधिजन्य वस्तुको उपयोग बढाउनुपर्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका