Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • जिल्ला अस्पताल पर्वतलाई स्विटजरल्याण्डको तर्फबाट मेडिकल सामग्री हस्तान्तरण

जिल्ला अस्पताल पर्वतलाई स्विटजरल्याण्डको तर्फबाट मेडिकल सामग्री हस्तान्तरण

जिल्ला अस्पताल पर्वतलाई स्विटजरल्याण्डको तर्फबाट मेडिकल सामग्री हस्तान्तरण

पर्बत, ५ जेठ । जिल्ला अस्पताल पर्वतका लागि आवश्यक स्वास्थ्य तथा मेडिकल सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालान स्विटजरल्याण्डको तर्फबाट अस्पतालमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।

दुई संस्थाले सहयोग स्वरुप ४० थान पिपिई , दुई हजार ५ सय थान सर्जिकल ग्लोब्स ,तीन हजार थान टप ग्लोब्स , एक हजार थान सर्जिकल मास्क ,एक सय थान के एन ९५ मास्क ,एक सय बोतल सेनिटाईजर तथा ५ थान थर्मल गन गरि कुल चार लाख १५ हजार सात सय ४८ रुपैयाँ बराबरको सामान उपलब्ध गराएको हो ।

एक अनौपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले सामाग्री हस्तान्तरण गर्नुभएको थियो । अस्पतालका अध्यक्ष गोविन्द पहाडी तथा मेडिकल सुपरिटेण्डेण्ट डा. शिशिर देवकोटाले ग्रहण गर्नुभएको थियो ।

ग्रहण पश्चात बोल्दै अध्यक्ष पहाडीले नेपालमा कोरोनाको महामारी प्रारम्भ हुन लागिरहेको समयमा प्राप्त सहयोग अति महत्वपूर्ण बनेको भन्दै यस्तै सहयोगले नै महामारी बाट बच्न र बचाउन थप बल पुग्ने बताउनुभयो ।

उहाँले यस अघि पनि बिभिन्न निकायबाट अस्पतालको लागि सहयोग जुटिरहेको भन्दै यो महामारीमा सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला आउको बताउनुभयो । पहाडीको अनुरोधमा सहयोगी संस्थाका अध्यक्ष तथा मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य तिलोत्तम पौडेलले सो सामाग्री ब्यवस्थापन गरि प्रदान गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका