Samacharpati
सोमवार, जेष्ठ १९, २०७७
  • होमपेज
  • नेपालमा अर्का एक युवाको काेराेनाबाट मृत्यु, संक्रमितकाे सङख्या २९१ पुग्याे

नेपालमा अर्का एक युवाको काेराेनाबाट मृत्यु, संक्रमितकाे सङख्या २९१ पुग्याे

नेपालमा अर्का एक युवाको काेराेनाबाट मृत्यु, संक्रमितकाे सङख्या २९१ पुग्याे

काठमाडौं , ४ जेठ। विश्वलाई रुवाईरहेको कोरोनाको महामारीले नेपालमा पनि ह्वात्तै गाँज्ने संकेत देखाएको छ । शनिबार एक महिलाको कोरोनाका कारण निधन भएसँगै फेरी आज अर्का एक जनाको मृत्यु भएको छ ।

बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यसअघि हिजो सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको पुष्टी गरेका थिए । यो समाचार तयार पार्दासम्म नेपालमा २९१ संक्रमित रहेका छन् ३६ जना उपचार पछि निको भई घर फर्केका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका